नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट ल्यायो चलनचल्तीमा

A notice in Nepali from Mechinagar Ward No. 10

१९ असोज, काठमाडौँ : नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको यो २० रुपैयाँको पहिलो नोट हो ।

आकार तथा चित्रहरू पुरानै शैलीका भए पनि यो नोटमा गभर्नर अधिकरीको हस्ताक्षर मात्र नयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ ।

त्यस्तै नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको छ । त्यस्तै नोटको पछाडिको भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ । नोटको मध्ये भागमा दुईवटा बाह्रसिंगाको चित्र छ ।

नोटको तल्लो भागमा अंग्रेजीमा ‘Rupees Twenty’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘2023 A.D.’ लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.