मेची भन्सार कार्यालयको राजस्व असुली सन्तोषजनक

माघ महिनामा लक्ष्यको तुलनामा १० दशमलव १७ प्रतिशत र फागुनमा ३५ दशमलव ३३ प्रतिशत राजस्व असुली

A notice in Nepali from Mechinagar Ward No. 10

२ चैत, मेचीनगर : चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनादेखि नै लक्ष्यको तुलनामा राजस्व असुलीमा उल्लेखिय प्रगति गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले माघ र फागुन महिनाको असुली पनि सन्तोषजनक रहेको जनाएको छ ।

माघ महिनामा लक्ष्यको तुलनामा १० दशमलव १७ प्रतिशत र फागुनमा ३५ दशमलव ३३ प्रतिशत राजस्व असुली गरेको छ । माघ महिनामा १ अर्ब २५ करोड ९८ लाख ५९ हजार रुपैयाँको लक्ष्य भएपनि १ अर्ब ३८ करोड ७९ लाख २९ हजार ४ सय ९५ रुपैयाँ असुली गरेको भन्सार अधिकारीले जनाएका छन् । भन्सार अधिकारीका अनुसार कार्यालयले माघ महिनामा १ सय १० दशमलव १७ प्रतिशत राजस्व असुली गरेको हो ।

यसैगरी, फागुन महिनामा १ अर्ब ७५ करोड ३६ लाख ४३ हजार २७ रुपैयाँ वा १ सय ३५ दशमलव ३३ प्रतिशत राजस्व असुली गरेको छ । त्यो महिना १ अर्ब २९ करोड ५७ लाख ९२ हजार रुपैयाँको लक्ष्य लिइएको थियो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाको १० अर्ब २९ करोड १० लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भएपनि ११ अर्ब १२ करोड ८३ लाख २५ हजार ५ सय २३ रुपैयाँ वा १ सय ८ दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयलाई भन्सार विभागले १५ अर्व ४५ करोड ४७ लाख ८७ हजार रुपैयाँ वार्षिक राजस्व लक्ष्य दिईएको छ ।

पछिल्लो समय पूर्वीनाकाबाट पेटो«लियम पदार्थ भित्रिन थाले लगत्तै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा समेत उल्लेखिय प्रगति भएको कार्यालयको भनाई छ ।

केही वर्ष अघि सम्म विराटनगर नाका भएर ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । तर, पछिल्लो केही महिनादेखि काँकरभिट्टा नाका भएर भारीमात्रामा पेट्रोलियम पदार्थ आयात हुन थालेको भन्सार अधिकारीहरुको भनाई छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।

कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेय पदार्थले धानेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको छ ।

विराटनगर भन्सारसम्म पुग्दा ढुवानी बढी भएको र काँकरभिट्टा नाका भएर आउँदा छोटो बाटो र सहज हुने भएकाले अहिले यस नाकाबाट अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्सार अधिकारीहरुको भनाई छ ।

पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।

मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.