३० असोज, काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव खेमराज ओझाको राजस्व अनुसन्धान कार्यालय इटहरी सरुवा भएको छ । उहाँले त्यस कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
गएको २६ गतेको निर्णय अनुसार त्यस कार्यालयका प्रमुख तीर्थराज खनालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भएपछि त्यस कार्यालयबाट उपसचिव ओझा राजस्व अनुसन्धान कार्यालय इटहरीको कार्यालय प्रमुखमा आउनु भएको हो ।
मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका बखत उपसचिव ओझाको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भएको थियो । उहाँले तात्कालिन झापा जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ भने झापाको गौरादह सुनसरीको दुहबी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत सम्हालिनसक्नुभएको छ । अत्यन्तै मिलनसार कुशल प्रशासक र कर्मचारी र सेवाग्राहीमाझ निक्कै राम्रो छवि बनाएर लोकप्रिय बन्नु भएको उपसचिव ओझा आफ्नो जिम्मेवारप्रति वफदार, लगनशिल, परिश्रमी मिहनतीको रुपमा परिचय स्थापित गर्नुभएको छ । २० वर्षको उमेरदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको उपसचिव ओझा सेवाग्राहीको सन्तुष्टी नै आफ्नो चाहना ठान्नु हुन्छ ।


























