क्रिप्टोकरेन्सीमा ६६ करोड बढीको कारोबार गर्ने तीन युवा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

क्रिप्टोकरेन्सीमा कारोडौंको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, बीटक्वाइनलगायतमा अवैध कारोबारमा सक्रिय रहेका २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दीपेश थापा र २७ वर्षीय राहुल चचानलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैँया कारोबार गरेको महानगरी अपराध महाशाले जनाएको छ। महाशाखाका सूचना अधिकारी कृष्णप्रसाद कोइरालाका अनुसार मिश्रलाई महाबौद्धबाट, थापालाई न्युरोडबाट र चचानलाई कलंकीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अनुप मिश्रले हालसम्म बिनान्स खाताको प्रयोग गरी ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैँया कारोबार गरेका छन्। उनको खातामा अहिले पनि १२ हजार ८३२ डलर मौजदात रहेको प्रहरीले जनाएको छ।

त्यस्तै दीपेश थापाले दुई वटा बिनान्स खाताको प्रयोग गरी हालसम्म २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैँया कारोबार गरेका छन्। उनको खातामा १३९९ डलर मौजदात रहेको प्रहरीले जनाएको छ। त्यस्तै राहुल चचानले एक वर्षअघि देखि विभिन्न क्रिप्टो करेन्सीमार्फत् ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैँयाको कारोबार गरेको प्रहरीले जनाएको छ। उनको खातामा ६५१ डलर मौजदात रहेको पाइएको छ।

निजहरुले दैनिक पाँच हजारदेखि ५० हजार डलरसम्मको कारोबार गर्नेगरेको अनुसन्धान खटिएका प्रहरीले जनाएको छ। उनीहरुले आफ्नो पहिचान गोप्य राखी सयौं जनालाई प्रयोग गरी तिनका नाममा बैंक खाता र बिनान्स खाता खोल्न लगाई निश्चित कमिशनको प्रलोभन देखाइ लगानी गर्न प्रोत्साहन गर्दै आएको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि उनीहरुलाई महानगरी प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ।

राष्ट्र बैंकले त्यस्ता कारोबारहरु अवैध रहेको र कारोबारमा संलग्न भए कानुनअनुसार कारबाही गर्ने यसअघि नै सूचना जारी गरिसकेको छ।

अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.