नगर शिक्षा समितिको पहिलो बैठक : चार महत्वपूर्ण निर्णय गरिँदै

A notice in Nepali from Mechinagar Ward No. 10

फागुन ८, मेचीनगर : शिक्षा ऐन लागू भएपछि मेचीनगर नगर शिक्षा समितिको पहिलो बैठक सम्पन्न भएको छ। नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले वैदेशिक रोजगारीका क्रममा मृत्यु वा घाइते भएका नागरिकका सन्ततिलाई छात्रवृत्ति सिफारिस गर्ने, कक्षा ८ उत्तीर्ण परीक्षा समिति गठन गर्ने, नगरपालिकाको शैक्षिक तथ्यांकसहितको ब्रुसर वितरण गर्ने तथा संस्थागत विद्यालयहरूको सञ्चालक समितिको अध्यक्ष चयनको जिम्मेवारी शिक्षा शाखालाई दिने निर्णय गरेको छ।

नगर शिक्षा अधिकारी होमनाथ भण्डारीको सदस्य सचिवत्वमा बसेको बैठकमा १८ वर्ष ननाघेका ११ विद्यार्थीलाई वैदेशिक रोजगार बोर्डमार्फत छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको छ। सोअनुसार, कक्षा १ देखि ८ सम्मका विद्यार्थीले १२ हजार तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले १६ हजार रुपैयाँ पाउनेछन्।

त्यस्तै, कक्षा ८ उत्तीर्ण परीक्षा व्यवस्थापन गर्न शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा सामुदायिक विद्यालय, आधारभूत तह, संस्थागत विद्यालयका प्रतिनिधिहरूलाई समेटिएको छ। साथै, नगरपालिकाको शैक्षिक अवस्था झल्काउने तथ्यांकसहितको ब्रुसर विद्यालयहरूलाई उपलब्ध गराउने निर्णय गरिएको छ।

संस्थागत विद्यालयहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालक समितिको अध्यक्ष तोक्ने जिम्मेवारी शिक्षा शाखालाई दिइएको छ। प्रत्येक विद्यालयबाट तीन जनाको सिफारिस आएपछि शिक्षा अधिकारीले एक जनालाई अध्यक्ष चयन गर्ने व्यवस्था गरिएको छ।

बैठकमा नगर प्रमुख बुढाथोकीले विद्यालयको भौतिक पूर्वाधार, व्यवस्थापन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि नीति बनाएर कार्यान्वयन गरिने बताए। शिक्षा ऐन २०७६ लागू भएसँगै नगर शिक्षा समिति सक्रिय भएको र शिक्षा सुधारका लागि पहल गरिने नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.