नेल्टा शाखा झापा देशभरकै उत्कृष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टाको यहि फागुन ५ देखि ७ गते सम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ठ कार्य गर्ने शाखामध्ये नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरेको छ।

यो संगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकोछ। झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको छ । शिक्षकहरुका लागि तालिम गोष्ठी सेमिनार र सम्मेलनहरु संचालन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम तथा सम्मेलन हरुमा सहभागी गराएर शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यमा सहयोग पुर्याउदै आएको छ।

यसैगरी मकवानपुर शाखा दित्तीय र ललितपुर शाखा तृतीय स्थान ओगट्न सफल भएका छन्। उत्कृष्ट शाखा छनौट समितिका संयोजक नेल्काटा पूर्वराष्ट्रिय अध्यक्ष हेमन्तराज दाहालले उत्कृष्ट शाखाहरूको घोषणा गरेका थिए। नेल्टा झापाले यस बर्ष मात्र राष्ट्रिय स्तरका शिक्षक प्रशिक्षक तालिम तथा नेपाल मै पहिलो पटक महिला अंग्रेजी शिक्षक सम्मेलन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो।

झापा शाखाका अध्यक्ष धर्मेन्द्र भट्टराई ले स्वयंसेवी तथा गैरनाफामूलक संस्था भएर पनि झापाली शिक्षकको पेशागत बिकासका लागि आफ्नो संस्था ले गरेको योगदानको उचित कदर भएको बताए। गैरराजनीतिक संगठन नेल्टा झापा जिल्लामा शैक्षिक क्षेत्रमा लोकप्रिय बनेको छ।

लोकप्रियता बढेसँगै संस्था को आजिवन सदस्य बन्ने को संख्या पनि बढ्दै गएको छ। हाल झापा जिल्लामा १५ सय बढी अंग्रेजी भाषा शिक्षक रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.