पुरस्कार पाएको पैसाले प्रधानाध्यापकहरुलाई तालिम दिँदै नेल्टा झापा

A notice in Nepali from Mechinagar Ward No. 10

२१ वैशाख, मेचीनगर :  अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले आफु उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कार को रकम शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले ३ दिने नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन तालिम सञ्चालन गर्ने भएको छ।

शैक्षिक संस्थाहरु मार्फत शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहनुभएका प्रधानाध्यापकहरु तथा निजी विद्यालयका प्रिन्सिपलहरुलाई उक्त तालिम दिन लागिएको हो। विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समयसापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरु को महत्वपूर्ण भूमिका रहेको हुन्छ। यसै कुरालाई मध्यनजर गर्दै नेल्टा झापाले आफूले पाएको पुरस्कारलाई समेत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि थोरै भए पनि मद्दत पुगोस् भनेर यो तालिम सञ्चालन गर्न लागिएको नेल्टा झापा का अध्यक्ष अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईले जानकारी दिनुभयो।

तालिममा झापा जिल्लाका करिब ४० जना प्रधानाध्यापक तथा प्रिन्सिपल हरूको सहभागी हुने आयोजक नेल्टा झापा ले जनाएको छ। तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यपक डा शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा कि केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान ले सहजिकरण गर्ने भएका छन्। यही वैशाख २२ गतेदेखि २४ गतेसम्म बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा उक्त तालिम सञ्चालन हुने भएको हो। नेल्टा झापा यस वर्षको उत्कृष्ट शाखा घोषित गरिएको थियो। झापा जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरूका लागि तालिम, गोष्ठी तथा सम्मेलन हरु संचालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.