नेशनल प्याब्सन मेचीनगरको चित्रकला प्रतियोगितामा सम्पन्न, जुनियर तर्फ जसोदा र सिनियर तर्फ प्रिति भइन् प्रथम

A notice in Nepali from Mechinagar Ward No. 10

 

२५ साउन, काँकरभिट्टा : नेशनल प्याब्सन मेचीनगरले शुक्रबार नगर स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा नेशनल प्याब्सनले शैक्षिक सत्र २०८१ को अतिरिक्त क्रियाकलव तथा खेलकुद कार्यक्रमको समेत उद्घाटन गरेको छ ।
मेचीनगर ६ स्थित पशुपति अंग्रेजी माविको हलमा आयोजित प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध मेचीनगरका १३ वटा विद्यालयले सहभागिता जनाएको थियो ।
आयोजकले कक्षा १ देखि ५ सम्मलाई जुनियर र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सिनियर क्याटोगरीमा राखेर विद्यार्थीहरुको कला प्रदर्शन गराएको थियो । जसमा जुनियर तर्फको चित्रकलामा सूयोदय इङ्लिस बोर्डिङ स्कूलकी जसोदा राजवंशी प्रथम भइन् । प्रतियोगिताको दोस्रो उपाधि शान्तिपथ बोर्डिङ् स्कूलकी समृद्धि कटुवालले हात पारिन् । त्यसैगरी इष्ट होराइजन इङ्लिस हाइस्कूलकी एलिजा बस्नेत तेस्रो भइन् ।
प्रतियोगितामा सनियर तर्फ दन्तकाली इङ्लिस बोर्डिङ स्कूलकी प्रिति आङ्बोहाङ प्रथम घोषित भइन् । सिनियर तर्फको दोस्रो उपाधि आदर्श विद्यामन्दिर अंग्रेजी माविकी स्मारिका सुनुवार र तेस्रो उपाधि पशुपति इङ्लिस स्कूलकी स्नेहा खड्काले हातपारिन् ।

नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा इमिस प्रमुख लक्ष्मी दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निजी विद्यालयहरुले विद्यार्थीको पढाइ सँगसँगै उनीहरुको क्षमता विकास र प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले विद्यार्थीको रुचीलाई ख्याल गरेर अध्यापन गराउँदा उनीहरुले हरेक कुरा ध्यान पूर्वक सिक्ने भएकोले शिक्षक र अभिभावकले समेत त्यसको राम्रो प्रतिफल पाउँने बताए ।

कार्यक्रममा पशुपति इङ्लिस बोर्डिङ स्कूलकी संस्थापक प्रिन्सिपल अनिता थापा, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले बोलेका थिए ।
सो अवसरमा सूयोदय इङ्लिस स्कूलका प्रिन्सिपल शिब मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा एन प्याब्सन जिल्ला सचिव भगिरथ राई , सनसाइन इङ्लिस स्कूलका प्रिन्सिपल खेमराज थाम्सुहाङ, इष्ट होराइजन माविका शिक्षक छितेन शेर्पा, लोफोफोरस इङ्लिस स्कूलका पर्वत खनाल, शुप्रभा इङ्लिस स्कूलका सञ्चालक केशव गिरी, अंशु एकाडेमीकी शिक्षक रेगन थापा, शान्तिपथकी सुमित्रा राई, आदर्श विद्यामन्दिरका शिक्षक निरज भट्टराई, दन्तकाली स्कूलका शिक्षक रामचन्द्र खनाल लगायत बिभिन्न विद्यालयका शिक्षक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो बनेका विजेताहरुलाई एन प्याब्सन जिल्ला सचिव भगितथ राई तथा अतिथिहरुले पुरस्कर प्रदान गरेका थिए । उनीहरलाई मेडल, शिल्डकप र प्रमाण पत्र प्रदान गरिएको थियो ।
समितिका उपाध्यक्ष राजेश निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जिवन कट्टेलले गरेका थिए । नेशनल प्याब्सन मेचीनगरले भदौ ७ गते मेचीनगर– १५ स्थित सुप्रभा विद्या सदनमा नगर स्तरिय कविता प्रतियोगिता आयोजना गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.