आसन्न निर्वाचनका लागि असोज ४ देखि मतपत्र छापिने

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भाद्र, काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोजको ४ गतेदेखि मतपत्र छाप्न सुरु गर्ने भएको छ। अहिले मतपत्र डिजाइन हुँदै गरेको र असोजको ४ गतेबाट छपाइ शुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले  जानकारी दिए।

त्यसअघि आयोगले मनोनयन भएका समानुपातिक उम्मेदवारहरूको बन्दसूची असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने समय दिइने अर्यालले बताए।

आयोगले हिजो बुधबार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका राजनीतिक दलहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो। ती दलहरूलाई असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने समय दिइएको उनको भनाइ छ।

उनले भने, ‘ती दलले ३ गतेसम्म बन्दसूची बुझाएपछि ठ्याक्कै कति दलले समानुपातिकमा भाग लिन्छन् भनेर टुंगो लाग्छ। ४ गतेबाट भटाभट मतपत्र छाप्ने काम पनि शुरु हुन्छ।’

उनका अनुसार अहिले मनोनयन गराएका दलहरुले तोकिएको समयमा बन्दसूची बुझाउन नसके उनीहरूले निर्वाचनमा भाग लिन पाउँदैनन्। चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले जिल्लादेखि केन्द्रसम्म नै आन्तरिक गृहकार्य गरिरहेको छ। जसअन्तर्गत आज मतदता नामावलीका दोहोरो नाम भएका र मृत्यु भएका मतदाताको नाम अद्यावधिक भइरहेको अर्यालले बताए।

अन्तिम मतदाता नामावली भदौ २१ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ। स्वीकृत बजेटअनुसारको कार्यक्रम निर्धारण, नीति निर्देशिका परिमार्जन लगायतका गृहकार्य भइरहेको छ। आयोगका अनुसार मतपत्र डिजाइनको काम पनि भइरहेको छ।

मतदाता शिक्षा अन्तर्गतको घरदैलो अभियान भने दशैँतिहारपछिबाट कम्तिमा १५ दिन सञ्चालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.