निरगञ्जा–लिम्बूटारका जनताको एउटै स्वर ‘यसपटक गठबन्धनलाई हेर्छौं’

A notice in Nepali from Mechinagar Ward No. 10
२१ कात्तिक, मेचीनगर :  झापा र इलामको संगमस्थल भौगोलिक रुपमा विकट मेचीनगर–३ बेसी बजार, निरगञ्जा, खयरगौँडा र लिम्बूटारका जनताले यसपटक आफ्नो क्षेत्रको विकासले गति लिने विश्वास गरेका छन् । वर्षाैंदेखि चुनावी एजेण्डा बन्दै आएको यस क्षेत्रको सुकुम्बासी समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य, निन्दा खोलाको पुल, सुकेनिन्दा खोलामा तटबन्धन गर्ने विषय उम्मेदवारले मतदातालाई चुनावमा देखाउने मिठो ललिपप जस्तो मात्र हुने गरेको स्थानीयको दुखेसो छ । ‘एमालेका नेताहरुबाट अपेक्षा गरेका थियौं । तर, हाम्रो साझा समस्याको सम्बोधन भएन,’ मेचीनगर–३ निरगञ्जका जगत थापाले भने, ‘यसपटक गठबन्धनका उम्मेदवारबाट यस क्षेत्रको विकास होला कि भन्ने आशा जागेको छ । ‘हामीलाई नेताहरुसँग धेरै विश्वास त छैन,’ थापाले थपे, ‘हामीहरु समस्यै समस्याको चाङमा छौँ । यसपटक गठबन्धनलाई हेर्छाैं ।’ सुकेनिन्दा खोलाले तेलपानी सामुदायिक वनको ठूलो क्षेत्र वर्षेनी कटानले निरन्तरता पाइरहेको छ । तटबन्धनतर्फ कसैको ध्यान गएको छैन । सुकुम्बासीको समस्यादेखि खानेपानी र स्वास्थ्य, शिक्षा लगायतका धेरै समस्याको चाङमा आफूहरु रहेर जीवन निर्वाह गरिरहेको उनले बताए । थापाले यसपटक इलाम–१ बाट झलनाथ खनाल र झापा १ बाट विश्वप्रकाश शर्मा प्रतिनिधि सभामा उठेपछि आफ्नो क्षेत्रमा विकास होला कि भन्ने आशा पलाएको बताए । गत शुक्रबार खनाल र शर्मा चुनावी सभालाई सम्बोधन गर्न बेसी बजारस्थित खयरगौँडा, बहुबन खेलमैदान पुगेपछि स्थानीयहरु आफ्नो समस्या समाधान हुने कुरामा आशावादी देखिएका हुन् । मेचीनगर–३ कै लिम्बूटारका कृष्ण राउत सडक सञ्जालले वडाका सबै भागमा नछुँदा यहाँको व्यावसायिक कृषि उत्पादनले बजार नपाएको बताए । ‘वर्षायाममा यस क्षेत्रमा जनताले ठूलो सास्ती व्यहोर्नु पर्छ,’ राउतले भने, ‘वर्षायाममा धुलाबारी, भृकुटी निस्कन यहाँका जनताका लागि निन्दा खोलामा पुल नहुँदा समस्या हुने गरेको छ ।’ रोङ–५ का रमेश खतिवडाले आफ्नो वडा कार्यालय जान अझै पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको सुनाए । ‘सबै वडालाई जोड्ने सडक सञ्जाल छैन,’ खतिवडाले भने, ‘यो क्षेत्र इलामले नदेखेको र झापाले नहेरेको झैँ भएको छ ।’ यहाँका जनता सामान्य प्रेसर नाप्न पनि धुलाबारी पुग्नु पर्छ । यस क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र समेत छैन । शिक्षा र खानेपानीको अवस्था उस्तै जटिल छ । मदन भण्डारी राजमार्ग यस क्षेत्रको मेरुदण्ड हो । यो अभियानमा विश्वप्रकाश र झलनाथ खनालको सक्रियता देखिएको छ । यसले पूर्णता पाएको खण्डमा विकासले गति लिने स्थानीयको भनाइ छ । मदन भण्डारी राजमार्ग अन्तर्गतको मेचीनगरको मेचेडाँगीदेखि पाटापुरसम्मको सडक निर्माणका हुने भएपछि सो क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । चुरे मार्गको मेचीनगर वडा नं. १ मेचेडाँगीदेखि नेपाल–भारत सिमाना पाटापुरसम्मको करिब ४ किमी बाटो निर्माणको लागि काँग्रेस महामन्त्री शर्माको पहलमा नेपाल सरकारले २५ करोड रकम निकासा गरेर टेण्डर आह्वान गरी काम अघि बढाएको स्थानीय अगुवा बृहस्पति खतिवडाले जानकारी दिए । उनले पाटापुरमा बसपार्क निर्माण गर्न समेत नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.