झापा ५ : ओली १० हजारभन्दा बढी मतले अगाडि

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार ओली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीभन्दा १० हजार १ सय १ मतले अगाडि छन् ।

मंगलबार राति ९ बजेसम्मको नतिजा अनुसार ओलीले २३ हजार २ सय २८ तथा कांग्रेसका अधिकारीले १३ हजार १ सय २७ मत पाएका छन् ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो । जसमध्ये ४६ हजार ९ सय ६८ मत गणना सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.