काठमाडौं–५ मा गणना नसकिँदै प्रदीप पौडेलको जित

A notice in Nepali from Mechinagar Ward No. 10

६ मंसिर, काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलको जित निश्चित भएको छ ।

उनले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै प्रतिनिधिसभामा आफ्नो स्थान पक्का गरेका हुन् ।

काठमाडौं–५ मा अब ३७७९ मत मात्र गन्न बाँकी छ । तर, पौडेलले अहिले नै ४६११ मतको अन्तरमा अग्रता कायम गरिसकेका छन् ।

अहिलेसम्म ४५ हजार ९७ मतमध्ये ४२ हजार २० मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले ९ हजार ४६६ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. प्रकाशशरण महतलाई पारजित गर्दै निर्वाचित भएका थिए । उनी त्यहीँबाट निर्वाचित भएर ओली सरकारमा वरिष्ठ मन्त्रीका रूपमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.