मधेस प्रदेशमा सत्ता गठबन्धनका सबै मन्त्री बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी

संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहलाई बिहीबार हटाएसँगै मुख्यमन्त्री राउतले यस्ताे गर्ने भएका हुन्।

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असोज, काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहलाई बिहीबार हटाएसँगै मुख्यमन्त्री राउतले यस्ताे गर्ने भएका हुन्।

मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ।

प्रदेश सरकारमा कांग्रेसकाको तर्फबाट ३ मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र मा‌ओ‌वादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।

यसैगरी एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादव रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.