२३ असोज, मेचीनगर : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माद्वारा झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा तर्फ उम्मेद्वारी दर्ता गराउनु भएको छ । शर्मा झापा क्षेत्र नम्बर १ बाट तेस्रोपटक उम्मेद्वार बन्नु भएको हो । झापा क्षेत्र नम्बर १ ‘क’ मा नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ्गले उम्मेद्वारी दर्ता गर्नुभएको छ भने क्षेत्र नम्बर १ ‘ख’ मा गठबन्दनको सहयात्री नेकपा माओवादीका श्यामवीर लिम्बूले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
नेपाली काँग्रेसले शर्मालाई तेस्रो पटक टिकट दिएको छ र यस पटक शर्माले आफूले चुनाव जित्ने दाबी गरिरहनु भएको छ ।



























