कटौती भएका चाडपर्व बिदा फेरि दिन सुरु गरिनेछ : गृह मन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डाै – गृह मन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्त्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताउनुभएको छ ।

सोनाम ल्होछार २८५७ को अवसरमा शुक्रवार काठमाण्डाैकाे बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रूपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति, धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा थापाले दुःख व्यक्त गर्नुभयो । नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकोमा नेता थापाले खुसी व्यक्त गर्नुभयो ।

उहाँले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताउनुभयो । यसका साथै जातीय समुदायको आर्थिक अवस्था सुधार गर्नसमेत जरुरी रहेको औँल्याउँदै उहाँले राज्यले सबै भाषाभाषी, जातजातिको समृद्धिका निम्ति समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य लिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.