गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री मनाङेले दिए राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसद्मा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारबाट लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।

राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनुपस्थित भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.