कोरोना खोप हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ ।

 

युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिनागरेको आरोप लगाइएको छ । ‘नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ,’ उजुरीमा भनिएको छ, ‘यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८, १७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारबाही गरिपाउँ ।’

केही दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले नै प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा २४ लाख डोज खोपको विवरण मन्त्रालयसँग नभएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री खतिवडासहितका अधिकारीविरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा संघका संयोजक किरण पौडेल, संघका संगठन विभाग प्रमुख क्षितिज थेबेलगायतका नेता उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.