इलाम अस्पतालमा अब डाइलासिस सेवा

A notice in Nepali from Mechinagar Ward No. 10

इलाम। इलाम अस्पतालमा चाडै मृगौला रोगीहरुका लागि डाइलासिस सेवा शुरु हुने भएको छ ।

रोटरी क्लब धरान र इलाम नगरपालिकाको आर्थिक सहयोगमा अस्पताललाई आइतबार तीन थान डाइलसिस मेशिन अस्पताललाई हस्तान्तरण गरेको छ । आवश्यक जनशक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्पतालका व्यवस्थापन क्षितिज खतिवडाले बताए । तीन वटै मेशिनको इन्टलेशनको काम पनि सम्पन्न भइसकेको पनि उनले बताए । एक जना एचए र एक जना नर्सिङ्ग स्टाफलाई तालिम दिनका लागि विपीमा नामावलीसमेत पठाइसकिएकाले चाडै सेवा शुरु हुने उनले बताए ।

इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेशिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण साहले जानकारी दिए । डाइलासिस सेवा जिल्ला समन्वय समितिको नयाँ भवनबाट दिइने अस्पतालले जनाएको छ ।

अस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गणेश बरालले जिल्लामा अतिआवश्यक नयाँ सेवा शुरु भएकाले जिल्ला समन्वय समितिले भवन उपलब्ध गराउनका साथै अन्य सहयोग गर्ने बताए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरले नगद मात्र नभएर एक जना प्राविधिक कर्मचारी पनि उपलब्ध गराएको बताए । चाडै थप मेशिन ल्याएर सेवालाई अझ प्रभावकारी ढंगले विस्तार गरिने पनि उनले बताए ।

कार्यक्रममा रोटरी क्लब धरानका पूर्व अध्यक्ष रबिन श्रेष्ठले सबैको सहयोगले इलामलाई मेशिन हस्तान्तरण गर्न संभव भएको बताए । उनले जापनबाट मेशिन ल्याएर हस्तान्तरण चरणसम्ममा धेरै मेहनत गर्नु परेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.