पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो।

 

 

त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ।

पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मौसम विभागका अधिकारीहरुले मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताएका छन्।

पाकिस्तानका गृहमन्त्री शेख राशिदकाअनुसार उद्धारका लागि अर्धसैनिक बल फ्रन्टियर कोर र रेन्जर्स तथा सैनिक परिचालन गरिएको छ। ठूलो हिमपातका कारण मानवीय क्षति भएपछि पञ्जाबको मुर्री जाने सबै गाडीलाई रोकेर उद्धार र राहतको अभियान चलाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.