अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आउँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असार, काठमाडौँ : अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।

तस्बिर : रोयटर्स

खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले शुक्रबार उक्त खोप नेपालमा आउने जानकारी दिएकी थिइन् । नेपालले यस अघिदेखि नै अमेरिकालाई खोप सहयोगको लागि आग्रह गर्दै आइरहेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् ।

उक्त पत्र लेखेको एक महिना कटिसक्दा समेत हालसम्म अमेरिकी राष्ट्रपति बाइडेनकोतर्फबाट नेपालले कुनै जवाफ प्राप्त गरेको छैन ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.