अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिर यो वर्षकै उत्कृष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भदौ, काठमाण्डौ : मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्नुभएकाे छ । प्रिइटोले खिचेको अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उहाँलाई यो वर्षको ‘बर्ड फोटोग्राफर अफ द इयर’को विजेता बनाएको हो ।

तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन र टुलुटुलु पर्खाल हेरेर उभिरहन्छ । फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको बताउनुभएकाे छ ।

‘सीमा पर्खालले पूरै मरुभूमि र पहाडलाई नाघेको छ र १५ सय बढी जनावर र बिरुवाको जैविक विविधतामा बाधक बनेको छ’, प्रिइटो भन्नुहुन्छ, ‘मैले धेरै जनावर तथा चराहरु पर्खालसम्म पुगेको र पारिपट्टि जान नसकेर फर्केको देखेको छु ।’

प्रतियोगितामा सहभागी २२ हजार तस्बिरमध्ये प्रिइटोको तस्बिर वर्ष २०२१ काे उत्कृष्ट भएको बीबीसीले जनाएको छ । पुरस्कारको राशि पाँच हजार पाउण्ड स्टर्लिङ रहेको छ । फोटोग्राफर अल्ज्यान्द्रो प्रिइटो सीमा क्षेत्रमा वन्यजन्तुबारे डकुमेन्ट्री गर्दै आउनुभएको छ ।

उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.