नयाँ रोग ‘फ्लोरोना’ : कोरोना र इन्फ्लुएन्जाको मिश्रण

A notice in Nepali from Mechinagar Ward No. 10

तेल अभिभ : विश्व कोरोनासँग लडिरहेका वेला इजरायलमा नयाँ रोग ‘फ्लोरोना’को पहिलो संक्रमण देखिएको छ।

यो कोरोना र इन्फ्लुएन्जाको दोहोरो सङ्क्रमण भएको इजरायली पत्रिका ‘येदिओत आहरोनत’ले खुलासा गरेको छ। यो साता र्‍याबिन मेडिकल सेन्टरमा बच्चा जन्माउन आएकी गर्भवती महिलामा दोहोरो संक्रमणको पहिलो विरामी दर्ता भएको पत्रिकाले जनाएको छ।

इजरायली स्वास्थ्य मन्त्रालयले अझै पनि यसबारे अध्ययन गरिरहेको जानकारी दिएको छ। यी दुई भाइरसको संयोजनले थप गम्भीर रोग निम्त्याउन सक्छ कि भनेर अझै स्पष्ट भइसकेको छैन।

परीक्षण नगरिएका अरू विरामीमा पनि ‘फ्लोरोना’ हुनसक्ने स्वास्थ्य अधिकारीको अनुमान छ। इजरायल कोरोनाबाट बच्न दोस्रो बुस्टर डोज लगाउन शुरु गर्ने पहिलो देश हो।

हालै इजरायलले खोपको चौथो मात्रा दिने परीक्षण सुरु गरेको छ। यो आफ्नो प्रकारको पहिलो अध्ययन भएको विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.