नेपालको फाइनल प्रवेशको सम्भावना कायमै

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असोज, झापा : माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो ।

यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

नेपाल पराजित भएपछि पाँच राष्ट्र सहभागी साफमा फाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ । अब अन्तिम म्याच डे का दिन फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।

नेपाल र माल्दिभ्सको समान ६ अंक भएको छ । भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । ४ वटै खेल खेलिसकेको श्रीलंका भने १ अंक जोडेर बाहिरिसकेको छ । अब बुधबार नेपालले बंगलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ ।

अब नेपाललाई फाइनल पुग्न कम्तीमा पनि बंगलादेशविरुद्ध बराबरी खेल्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.