१८ माघ, काठमाडौँ : मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नेपालले १-० को गोल अन्तरले जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।
गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले १-० को गोल अन्तरले जितेको थियो । मंगलबार दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण रह्यो ।



























