भारतले किन्यो आफूले अनुदान दिएका आयोजनाको बिजुली, नेपाली लगानीको बिजुली बेच्न निवेदन

A notice in Nepali from Mechinagar Ward No. 10

१७ कार्तिक, काठमाडौँ : भारतले नेपालबाट बिजुली किन्न थालेको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट मंगलबार रातिदेखि बिजुली भारत पठाउन थालिएको हो।

भारतले सोमबार नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो।

अहिले भारतले किनिरहेको बिजुलीका लागि उसैको अनुदानमा बनेका आयोजनालाई स्रोत मानिएको छ। नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली किन्न भारतको ऊर्जा मन्त्रालयले अनुमति दिएको हो।

भारतले यसअघि गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा कार्यविधि बनाएको थियो। उक्त कार्यविधिमा भारतसँग सीमा जोडिएका तर उर्जामा सहकार्य गर्ने सम्झौता नभएका मुलुकबाट लगानी भएका आयोजनाको बिजुली नकिन्ने उल्लेख छ। यसको अर्थ नेपालमा चिनियाँ कम्पनीले लगानी गरेर बनाएका आयोजनाको बिजुली भारतले नकिन्ने देखिएको छ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार नेपालीले लगानी गरेका आयोजनाबाट बिजुली बेच्न भने कुनै सर्त छैन।

‘हामीले तामाकोशी, भोटेकोशी र मर्स्याङ्दीको बिजुली भारतमा बेच्न निवेदन दिएका छौं,’ भट्टराईले भने।

राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि कुन बिजुली कुन आयोजनाको हो भन्ने थाहा हुँदैन। त्यसैले हरेक आयोजनाको बिजुली बेच्नुभन्दा पहिला भारतले अनुमति दिनुपर्ने सर्त राखेको छ।

‘अहिलेलाई हामी नेपालीको लगानी भएका आयोजनाको बिजुली बेच्ने प्रक्रियामा छौं। अरू आयोजनाको के गर्ने भन्नेबारे पछि कुरा होला,’ भट्टराईले भने ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.