झापामा के के गर्न पाइन्छ ? हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको आदेश

A notice in Nepali from Mechinagar Ward No. 10

६ माघ, झापा : झापामा पनि ओमिक्रोन भेरियन्टको संक्रमण दर तीब्र रुपमा फैलिन थालेपछि अब कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न नपाईने भएको छ ।
जिल्ला प्रसाशन कार्यालय झापाले आज राति १२ वजेदेखि लागु हुने गरी माघ मसान्त सम्म सभा समारोह, आमसभा, जुलुस, भेला गर्न रोक लगाउने आदेश जारी गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप यहि माघ मसान्तसम्म सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।

गोष्ठी, सेमिनार र बैठकहरु गर्नु पर्ने भर्चुअल माध्यममा मात्रै गर्नु पर्नेछ । त्यस्तै सिनेमा घर, डान्सबार, हेल्थ क्लब, जिम खाना, फुटसल, हाटबजार जस्ता धेरै मानिस भेला हुने कार्य माघ मसान्त सम्मका लागि सञ्चालन गर्न नपाइने आदेशमा छ ।

यदि कसैले विवाह, ब्रतबन्ध, पुराण, गुन्युचोली, पास्नी लगायतका सामाजिक कार्य गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर २५ जना भन्दा बढी मानिस भेला नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै आयोजना गर्न पाइने बिहीबार बसेको बैठकले निर्णय गरेको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय झापाको आदेश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.