उद्धव थापाद्वारा उम्मेदवारी नदिने घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भाद्र, झापा: आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

झापा-२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि मैले उम्मेदवारी दिन्न,’ थापाले अनलाइनखबरलाई बताएका छन् ।उनले भने,‘तालमेलका उम्मेदवारलाई जिताउने मेरो जिम्मेवारी हुन्छ । आफू चाहिँ लड्दिन ।’
मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेशसभाको उम्मेदवार हुने चर्चामा सत्यता नरहेको उनले बताए ।

झापाका पूर्व सभापति थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । थापाले संस्थापन पक्षको साथमा प्रदेश १ को सभापति जितेका थिए ।(अनलाइनखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.