रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

A notice in Nepali from Mechinagar Ward No. 10

२७ पौष , कनकाई :  झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रमको रुपमा राखेर स्थापना वर्षदेखि नै सहयोग गर्दै आएको क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईले जानकारी दिए ।

व्हील चेयर प्राप्त गर्नेहरुमा कनकाई–३ निवासी भागीरथा संग्रौला, कनकाई–५ निवासी पुर्णप्रसाद भट्टराई र निश्चल मग्रान्ती, कनकाई–६ निवासी हरिमाया मगर, कनकाई– १ निवासी त्रिलोचन भट्टराई, कनकाई– ८ निवासी विधान राजवंशी र चन्द्रप्रसाद राजवंशी, कनकाई–९ निवासी श्रावणीप्रसाद खनाल लगायत रहेको अध्यक्ष प्रसाईले जानकारी दिएका छन् । बाँकी रहेका केही व्हील चेयर वितरणकालागि आर्थिक रुपले विपन्न अशक्त व्यक्तिहरुको पहिचान हुँदै गरेको रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

रोट्रयाक्ट क्लव अफ सुरुङ्गा समेतको समन्वय रहेको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठ, पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सचिव मेनुका उप्रेती लगायत रोट्रयाक्टका पदाधिकारीहरुको सहभागीता रहेको बताइएको छ ।

निस्वार्थ सामाजिक सेवामा अहोरात्र क्रियाशिल रोटरी क्लवले शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई व्हील चेयर प्रदान गरेको यो पवित्र कार्यप्रति आँफू अत्यन्तै प्रभावित भएको कनकाई–६ का वडाअध्यक्ष दिर्घवहादुर थापाले बताए । वडा नं.६ निवासी अशक्त हरिमाया मगरलाई व्हील चेयर वितरणको संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय वडाका अध्यक्ष थापाले स्थानीय सरकारको समेत ध्यान नपुगेको संवेदनशिल विषयमा रोटरी क्लवबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो वडाको तर्फबाट क्लवसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.