बिराटनगरमा निषेधित क्षेत्र तोड्ने दर्जनौं प्रदर्शनकारी पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१४ जेठ, बिराटनगर : कोशी प्रदेश नाम खारेजको माग गर्दै बिराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।

प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ ।

प्रदर्शनकारीले बिराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङ प्रमुख दीपक पोखरेलले बताए । प्रदर्शनकारीले भाटा, गुलेलीलगायतका घरेलु हतियारसहित आन्दोलनमा उत्रेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।

सुरक्षाकर्मीले कोशी प्रदेशका विभिन्न पहाडीलगायतका जिल्लाबाट आन्दोलनकारी बोकेर विराटनगरतर्फ आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गमा जाँच गरी फर्काउने र नियन्त्रणमा लने गरेका छन् ।

अहिले दिउँसो २ बजेबाट प्रदेशसभाको बैठक बस्ने भएकाले आन्दोलनकारीहरू बिराटनगरको सहिद मैदान अगाडि भेला भएर प्रदर्शन गर्दै प्रदेशसभातर्फ गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.