एड्भान्स भेला तथा उडव्याज रियुनियन विराटनगरमा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१४ चैत, विराटनगर : कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा “एड्भान्स भेला एवं उडव्याज रियुनियन २०८२” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम चैत १३ र १४ गते दुई दिनसम्म सञ्चालन गरिएको थियो।

उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख एवं स्थानीय प्रमुख स्काउट शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बा, राष्ट्रिय सुशासन, स्रोत विकास तथा वित्त आयुक्त अरुण वस्नेत, राष्ट्रिय परिषद सदस्यहरू, प्रदेश कार्यकारी समिति सदस्यहरू, राष्ट्रिय प्रशिक्षकहरू, प्रदेश परिषद सदस्यहरू, स्थानीय प्रमुख आयुक्तहरू, सहायक राष्ट्रिय प्रशिक्षकहरू तथा एड्भान्स एवं उडव्याज लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा कोशी प्रदेशभर सक्रिय स्काउट लिडरहरूबीच अनुभव आदान–प्रदान गरिएको थियो। साथै स्काउट तालिम पद्धतिसम्बन्धी विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

दुईदिने भेलामा कोशी प्रदेशका ७० भन्दा बढी सक्रिय स्काउट लिडरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्काउटिङ्गको गुणस्तर अभिवृद्धि, नेतृत्व विकास तथा समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.