नेपाली कांग्रेस अधिवेशन झापा अपडेट : १४३३ मत गणना सकियो सभापतिमा राम कट्टेल २१४ मतले अगाडि

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।

९०० मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ८१२ मत र अर्का उम्मेद्वार देउमान थेबेले ५९८ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ७७५ र पाण्डेले ६८२ मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ५६१ र शेरबहादुर भट्टराईले ५९४ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ८४८ र राजबंशीले ७१४ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ५८६ र कृष्ण हुमागाईले ५०८ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ८२७ र प्रसाईले ७१२ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ५६० र कालेन्द्र प्रसाद राजबंशीले ५६१ मत पाएका छन् ।

निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । अहिले मत गणना जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.