११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।
१७२६ मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ९३६ मत र अर्का उम्मेद्वार देउमान थेबेले ७७४ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ८९२ र पाण्डेले ८५६ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शेरबहादुर भट्टराईले ७४८ र शमशेर गिरीले ६८८ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ९५४ र राजबंशीले ८१६ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ७७७ र कृष्ण हुमागाईले ६७८ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ९२२ र प्रसाईले ८२६ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ७४९ र कालेन्द्रप्रसाद राजबंशीले ७२४ मत पाएका छन् ।
अहिले मत गणना जारी रहेको छ ।


























