नेपाली कांग्रेस अधिवेशन झापा अपडेट : १८२७ मत गणना सकियो सभापतिमा राम कट्टेलको अग्रता कायमै

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।

१७२६ मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ९६६ मत र अर्का उम्मेद्वार देउमान थेबेले ८४४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा केशवराज पाण्डे र प्रेम सम्बाहाम्फे ले अग्रता लिएका छन् । पाण्डेले ९२३ र सम्बाहाम्फेले ९१९  मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शेरबहादुर भट्टराईले ८११ र शमशेर गिरीले ७२० मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र नविन बिमलीले अग्रता जारी राखेका छन् । लिङ्देनले ९८३ र बिमलीले ८४२  मत पाएका छन् ।

सचिवका उम्मेद्वार टोमलाल राजबंशीले  ८४० र कृष्ण हुमागाईले ७४५ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र कालेन्द्रप्रसाद राजबंशीले अग्रता लिएका छन् । लिम्बुले ९४१ र राजबंशीले ८७९ मत पाएका छन् ।

अरु उम्मेद्वार उमाराम प्रसाईले ८५५ र  कमलप्रसाद भण्डारीले ८१७  मत पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.