११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले अग्रता कायमै राखेका राखेका छन् ।
२०२८ मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले १०५६ मत र अर्का उम्मेद्वार देउमान थेबेले ९५४ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा केशवराज पाण्डे र प्रेम सम्बाहाम्फेले अग्रता लिएका छन् । पाण्डेले १०३६ र सम्बाहाम्फेले ९८९ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शेरबहादुर भट्टराईले ९२३ र शमशेर गिरीले ८०८ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र नविन बिमलीले अग्रता जारी राखेका छन् । लिङ्देनले १०५६ र बिमलीले ९६८ मत पाएका छन् ।
सचिवका उम्मेद्वार टोमलाल राजबंशीले ९११ र कृष्ण हुमागाईले ८६० मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले १०१६ र प्रसाईले ९३३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ९३१ र उकालेन्द्रप्रसाद राजबंशीले ८९५ र मत पाएका छन् ।


























