नगरप्रमुख र जनताको श्रमदानबाट पकुवा खोलाको पानी धरानका घरघरमा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असार, धरान : धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।

धरानको  मुख्य समस्या नै  खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित नगरप्रमुख हर्कराज राईको प्रमुख चुनावी एजेण्डा पनि खानेपानीकाे समस्या समाधान नै थियो।  उहाँले सप्तकोशीबाट पानी नल्याएसम्म धरानको खानेपानी समस्या समाधान नहुने भन्दै चुनावको बेलामा सप्तकोशीको पानी ल्याउने प्रतिबद्धता गर्दै विजयी हुनुभएको थियो।

नगर प्रमुख राईले सप्तकोशीको पानी नल्याइन्जेलसम्म धरान वरपरका  खोलाबाट अल्पकालीन समयको लागि खानेपानी ल्याउने योजना बनाउनुभएकाे हाे। सोहीअनुसार धरान २० मा रहेको पकुवा खोलाको पानी नगरप्रमुख राईको नेतृत्व र धराने जनताको श्रमदानमा दुई वटा ट्याङ्की बनाएर ल्याइएको छ।

पकुवाबाट खानेपानी आपूर्ति गर्न प्रमुख राई इञ्जिनियरसहित प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेर यो योजना ल्याएको हो। प्रमुख राईले पकुवाको पानी ल्याउनका लागि निर्माणकार्यमा आफैंले  श्रमदान गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.