सर्वदलीय सरकारका लागि तयार छौं, तर पहिलो पालो हामीले पाउनुपर्छ : हिक्मत कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

१७ असार, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । आइतबार अनलाइनखबरसाग कुरा गर्दै उनले सर्वदलीय सरकार बनाउँदा पहिले ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा राखे ।

‘सर्वदलीय सरकारका विषयमा उहाँहरु (नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन) को (धारणा) के छ मैले बुझ्न पाएको छैन, म त्यसका लागि तयार छु,’ कार्कीले भने, ‘त्यसका लागि सबैभन्दा ठूलो दलबाट प्रारम्भ हुनुपर्‍यो, त्यसपछि सबै दलहरु समावेश भएर जाने बन्नुप¥यो, त्यसमा म तयार छु ।’

शुक्रबार कोशी प्रदेशसभामा विश्वासको मत नपाएपछि कार्की पदमुक्त भएका छन् र हाल कामचलाउ हैसियतमा छन् । उनी पदमुक्त भए पनि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छैनन् । प्रदेशसभाको अंकगणितका कारण कुनै पनि दललाई बहुमत पु¥याउन सहज छैन । कार्कीले आफ्नो सरकारको १०० दिन पुगेको अवसरमा ५ वैशाखमा सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावमा अरु दलहरुले रुची देखाएनन् ।

कार्कीले आफू अझै सर्वदलीय सरकार गठनको लागि तयार रहेको तर कांग्रेस–माओवादीसहितको गठबन्धन एमालेलाई बाहिर राखेर अघि बढ्न खोजेको बताए ।

‘उहाँहरु ठूलो दललाई बाहिर राखेर जान खोजेकाले यसमा उहाँहरुको रुची अनुसार हुन्छ’, उनले भने, ‘उहाँहरुले आफ्नो रुचीअनुसार अगाडि बढाउनुहुन्छ, हामी प्रमुख प्रतिपक्षी भएर बस्न तयार छौं ।’

नयाँ सरकार गठनपछि गठबन्धनले सहमतिको सरकारका लागि प्रस्ताव गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा कार्कीले ठूलो दलको हैसियतमा आफूहरुले धेरै अवधि सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

‘कुन मोडालिटीमा जाने हो, हिक्मत कार्की हुँदा नहुने, अरु हुँदा हुने हो भने त्यसमा कुराकानी हुँदैन, एमाले ठूलो पार्टी हो, हामी करिब ४३ प्रतिशत होल्ड गर्छाै । ठूलो दलको आधारमा समय अवधिको आधारमा कुरा गर्ने हो भने हामी तयार हुन्छौं ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेको कांग्रेसको २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ गरी ४६ मत पुग्छ । ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलसँग पनि ४६ मत नै छ । मुख्यमन्त्री कार्की पदमुक्त भएपछि भने राप्रपाले उपयुक्त प्रस्ताव आएमा गठबन्धन दलहरुसँग सहकार्य गर्न सकिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.