एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन झापाको कार्यालय स्थापना

A notice in Nepali from Mechinagar Ward No. 10

२५ चैत, भद्रपुर : नेकपा एकीकिृत समाजवादी पार्टीनिकट कर्मचारीहरुको साझा संगठन एकीकिृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ ।
संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय भद्रपुर १० मा स्थापना गरिएको झापा जिल्ला अध्यक्ष निरोज कट्टेलले जानकारी दिनुभयो । शुक्रबार अपरान्ह एक समारोहका बीच संगठनकी केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेशनं १ इञ्चार्ज भुवन राई तथा पार्टीका झापा जिल्ला कमिटी उपसचिव पदम सुब्बाले संयुक्तरुपमा गर्नुभयो ।
पार्टीका महासमिति सदस्य तथा पेशागत महासंघमा आबद्ध मदन खतिवडाको घरमा कार्यालय स्थापना गरिएको हो ।
केही समयअघि श्रम विभागमा संगठन औपचारिक रुपमा दर्ता भएपछि संगठनलाई थप गतिशील बनाउन र जिल्ला–जिल्लामा संगठन विस्तार गर्दै जाने कार्ययोजनाका साथ सञ्चालनमा ल्याइएको कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले निजामती कर्मचारी मात्र नभई सरकारी निकायमा कार्यरत सबै कर्मचारीलाई गोलबद्ध गर्ने गरी संगठन स्थापना गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा संगठनलाई सरकारी कर्मचारीहरुको देशको पहिलो र शक्तिशाली संगठन बनाउन सबै एकजुट हुनुपर्ने भन्दै संगठनलाई थप मजबूत तुल्याउन पार्टीले पनि उत्तिकै सहयोग पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
संगठनका झापा अध्यक्ष निरोज कट्टेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टीका तर्फबाट झापा जिल्ला उपसचिव सुब्बा, संगठनका केन्द्रीय सदस्य रामप्रसाद पोखरेल, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङ, राष्ट्रिय कर्मचारी संगठन (निजामती) झापाका अध्यक्ष यदुनन्दन दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संगठन झापाका सचिव पोषराज पोखरेलले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.