काँकरभिट्टामा रोटरी क्लक टावरको शिलान्यास

A notice in Nepali from Mechinagar Ward No. 10

३ जेठ, मेचीनगर : नेपाल प्रवेशको पूर्वीद्वार पर्यटकीय नगरी काँकरभिट्टामा रोटरी क्लक टावर (रोटरी घण्टाघर) बन्ने भएको छ । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावण मन्त्रालय, रोटरी क्लब अफ काँकरभिट्टा र भारतको पश्चिम बंगाल राज्यको रोटरी क्लब अफ शिलिगुढी उत्तरायणले संयुक्तरुपमा निर्माण गर्न लागेको घण्टाघरको आज शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, भारतको पश्चिम बंगाल राज्यको रोटरी क्लब अफ शिलिगुढी उत्तरायणका प्रतिनिधिले शिलान्यास स्थलमा पूजापाठ गरेका थिए ।

झापाको मेचीनगर—६ काँकरभिट्टास्थित देवकोटा पार्क परिसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले घण्टाघरको शिलान्यास गरीन् । शिलान्यास समराोहमा बोल्दैं प्रमुख अतिथि उप्रेतीले नेपालकै पूर्वीनाका भारतसँग सिधा सिमा जोडिएको काँकरभिट्टा क्षेत्रमा बन्न लागेको घण्टाघर निक्कै महत्वपूर्ण हुने बताईन् । सम्भवततः कोशीकै पहिलो रोटरी क्लक टावर रहेको र नेपाल प्रवेश गर्दा बाटोमा पर्ने भएकाले सो टावरले सिङ्गो मेचीनगरकोनै सौन्दर्यता थपेको भन्दैं निर्माणपछिकोे टावरको संरक्षणको जिम्मा हामी सवैको हुनुपर्ने बताइएन् ।

उनले रोटरी क्लब अफ काँकरभिट्टाले सार्वजजिक सौचालय निर्माण, विभिन्न विद्यालयमा खानेपानीको ट्याँकी निर्माण गरेर, क्लक टावर निर्माणमा जुटेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक काममानै लाग्नेमा विश्वास व्यक्त गरीन् । उनले यसले मेचीनगरको सौन्दर्यता बढाउन र समयको महत्व बुझाउन यो टावर कोशेढुङ्गा सावित हुने भन्दैं समयमै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरीन् ।

रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष शिलान्यास कार्यक्रमको अध्यक्षता गदैं जमीनबाट करीब ३५ फिट अग्लो घण्टाघरको चारैतर्फ रोटरीको लोगो अङ्कित ठूला घडी रहने जानकारी दिए ।

रोटरी क्लक टावर (रोटरी घण्टाघर) ले पूर्वी सीमान्त शहर काँकरभिट्टाको पहिचानमा थप टेवा प’श्गने, देवकोटा पार्कमा घुम्न आउनेको संख्यामा समेत बढोत्तरी हुने देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताए ।

घण्टाघरको परिसरमा देवकोटा पार्क वृक्षरोपण र आकर्षक उद्यान रहेकाले भविष्यमा मानिसको आवतजावत निक्कै बाक्लो हुने अपेक्षा गरीएको छ । क्लबका पूर्व अध्यक्ष सुजन प्रधानले सञ्चालन गरेको शिलान्यास समारोहमा मेचीनगर नगरपालिका वडा नम्बर —६ का वडाध्यक्ष ललितबहाद’र तामाङ्ग, मेचीनगर नगरपालिका निवर्तमान नगरप्रमुदख विमल आचार्य, रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान र पूर्व अध्यक्षसहित पदाधिकारी र सदस्यहर, र भारतको पश्चिम बंगाल राज्यको रोटरी क्लब अफ शिलिगुढी उत्तरायणका प्रमुख पदाधिकारी, देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधारणको सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.