२५ चैत्र, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ ।
आज काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भद्रपुर नगरपाmिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शववाहनको चाबी हस्तान्तरण गर्नुका साथै सम्चmैतापत्र आदान–प्रदान गर्नुभएको थियो ।

महानगरका कानून विभाग निर्देशक वसन्त आचार्यले सञ्चालन गरेको समारोहमा महानगरका शहरी योजना विभागका उपाध्यक्ष सरोज वस्नेतले महानगरको कार्ययोजना र शववाहनको उपयोग बारे प्रकाश पार्नुभएको थियो भने महानगरका भण्डार महाशाखाका अधिकृत सौरव गौतम, राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सुदर्शन भट्ट्राई, मेकानिकल इञ्जिनयर प्रमोद डंगोललगायतको उपस्थिति थियो ।
प्रसिद्ध भारतीय मोटर कम्पनी टाटाको ंउक्त शववाहनको नम्बर बागमती ०१–०२ झ ५९५५ रहेको छ । सो सवारीसाधनको बजारमूल्य करिब ३१ लाख रुपैयाँ रहेका बताइन्छ ।
शववाहन लिन नगरप्रमुख श्रेष्ठ शुक्रबार नै दिउँसो काठमाडौं जानुभएको थियो ।


























