कोशीमा प्रदेशसभा सदस्यलाई ल्यापटप दिने निर्णय फिर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

१०  जेठ, विराटनगर: प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने निर्णयबाट कोशी प्रदेशसभा सचिवालय पछि हटेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला तीन दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले सचिवालयले बाड्ने ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि एकसाता अघि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको समाचार अनलाइनखबरले प्रकाशित गरेपछि प्रदेश सांसदले ल्यापटप नलिने घोषणा गरेका थिए। लगतै कांग्रेस र नेकपा एमाले संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न आग्रह गर्ने निर्णय गरेको थियो।

विकास निर्माणको भुक्तानी रोकिएका बेला ल्यपटप खरिद गर्नु लगत भएको दाबी गर्दै माओवादीले पनि खरिद प्रक्रिया रोक्न आग्रह गरेको थियो। कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले ल्यापटप खरिदको प्रक्रिया रद्ध गरिएको बताए।

सांसदका लागि खरिदको प्रक्रिया अघि बढाएको ल्यापटप सांसदले नै नलिने बताएपछि खरिद प्रक्रिया रद्ध गरिएको उनले बताए ।

प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियो । प्रदेशसभा ९३ जना प्रदेशसभा सदस्य र प्रदेश सभाका सात वटा संसदीय समितिका सचिवलाई उपलब्ध गराउन भन्दै ल्यापटप खरिदको प्रकिया अगाडि बढाएपछि विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.