‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’ पहिलो पटक साहित्यकार सरोज ओलीलाई प्रदान गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १९ असार : साहित्य विकासका क्षेत्रमा अर्जुनधारा नगरपालिकाको विशेष योगदान रहोस्भन्ने उद्देश्यले यसै आर्थिक वर्षदेखि नगद . ५१ हजार रुपैयाँसहित सहित ताम्रपत्रका साथ ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’को थालनी गर्ने भएको छ ।

पहिलो पटक प्रदान गर्न लागिएको अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार– २०७८ बाट अर्जुनधाराका स्थायी बासिन्दा तथा आधा सताब्दि भन्दा लामो समय निरन्तर साहित्यसेवामा जीवनअर्पण गरी समाजलाई लेखनका माध्यमबाट जागरुक गराउन उद्दत साहित्यकार सरोज ओलीलाई प्रदान गर्ने भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समिति अर्जुनधाराले जनाएको छ ।

संयोजक सुशिला सुबेदीले जारी गरेको प्रेस विज्ञप्तीमा आगामी असार २५ गते दिउसो १ बजे, अर्जुनधारा– ८, शनिश्चरे बजार स्थित सामुदायिक भवनमा एक कार्यक्रमका बीच उक्त पुरस्कार मार्फत साहित्यकार सरोज ओलीलाई सम्मान गरिने उल्लेख छ । यस कुरालाई अर्जुनधारा नगरपालिकाले वार्षिक कार्यक्रमका रुपमा स्थापित गर्दै जाने समितिले विश्वास लिइएको छ । राष्ट्रिय स्तरका सबैभन्दा सम्मानित पुरस्कारहरु मदन पुरस्कार र पद्मश्री पुरस्कार समेत झापा जिल्लाका लागि अर्जुनधारा नगरपालिका साहित्यकारद्वय कृष्ण धराबासी र कृष्ण बरालले प्राप्त गर्नुले पनि झापा जिल्लाको साहित्यिक नेतृत्व राष्ट्रिय स्तरमा अर्जुनधाराले गर्छ भन्ने कुराको प्रमाणित गर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

साहित्य विकासको क्षेत्रमा अर्जुनधारा नगरपालिका क्षेत्रको विशेष पहिचान छ । नेपाली साहित्य आकाशमा यस क्षेत्रबाट निरन्तररुपमा साहित्य क्षेत्रमा आफूलाई स्थापित गर्ने ठूलो संख्याले वर्तमान अवस्थामा साहित्यिक नेतृत्व गरिरहेको छ । जुन कुराले अर्जुनधारा नगरपालिका यस विषयमा गर्व गर्न योग्य रहेको विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.