एमाले नेता कोइराला र खरेल भन्नुहुन्छ -‘हामी माधव नेपालले गठन गरेको पार्टीको केन्द्रिय सदस्य होइनौं । ’

A notice in Nepali from Mechinagar Ward No. 10

३ भदौ, मेचीनगर :  संविधान सभा सदस्य एवम् नेकपा एमाले झापाका पूर्व अध्यक्ष रविन कोइरालाले आफु नेकपा एमाले बाहेक अन्य कुनै पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ । सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी नेकपा एमाले समाजवादी दर्ता गराउनु भएको थियो । नेता कोइरालालाई सो दलको केन्द्रीय सदस्यमा राखिएको थियो । उहाँले आफु नेकपा एमाले बाहेक अन्य कुनै पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ ।

माधव नेपाल पक्षको नेकपा एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा आफनो नाम आएकोमा आश्चर्य प्रकट गदैं नेता कोइरालाले भन्नुभयो—‘ म कसरी केन्द्रिय सदस्य भए मलाई थाहा छैन् मलाई कसैले सोधेको पनि छैन् निर्वाचन आयोगमा म गएको पनि छैन र मेरो नाम त्यहाँ छैन् पनि ।’ कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा झापा १ बाट नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो । मेचीनगर नगरपालिकाका संस्थापक नगर प्रमुख कोइराला २०५४ सालको विभाजनमा नेकपा मालेमा हुनुहुन्थयो ।

नेकपा एमालेको आन्तरिक द्वन्दका क्रममा उहाँ माधव झलनाथको विचार समूहमा हुनुहुन्थयो । तर, एमाले विभाजन गर्ने तर्फ आफ्नो कुनै सोच नभएको उहाँको भनाई छ । आफू पार्टीको मुलधारमै रहेको नेता कोइरालाको भनाई छ । २०५४ सालमा भएको एमाले विभाजनबाट नेता कार्यकर्ताले धेरै कुरा सिक्नुपर्ने उहाँको तर्क छ ।

माधव नेपालले एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राखेकोमा एमाले नता नरेश खरेलले समेत असहमत जनाउनु भएको छ । ‘माधव नेपालले पार्टी गठन गरेको पनि मलाइ थाहा छैन’ खरेलले विभिन्न सञ्चारमाध्यमसँग भन्नुभयो ‘मलाई कसैले केन्द्रीय सदस्य बसौं भनेर सल्लाह गरेको पनि छैन ।’नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै जेल जीवन बिताएका झापाली नेता नरेश खरेलले माधव नेपालको पार्टीमा आफ्नो नाम राखेकोमा आपत्ती जनाउनुभएको छ । संविधान सभामा एमालेको तर्फबाट सदस्य रहनु भएका खरेल झापाको विर्तामोड निवासी हुनुहुन्छ । उहाँ विगतमा एमालेको पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो । खरेल पत्नी पवित्रा झापा क्षेत्र नं २ बाट संघीय सांंसद हुनुुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.