बारा- २ मा राजेन्द्र महतोको समर्थन उपेन्द्र यादवलाई

A notice in Nepali from Mechinagar Ward No. 10

१९ चैत्र, काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।

वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने अनलाइनखबरलाई बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी निर्णय गर्ने कुरो आएन’, महतोले भने ।

उनले स्थानीय जनताको माग आफू बारा- २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.