प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत : महेश बस्नेत

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति तथ्यहीन, अल्पज्ञानपूर्ण तथा राष्ट्रहितविपरीत रहेको टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले प्रधानमन्त्री शाहको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको कडा आलोचना गरेका हुन्।

सचिव बस्नेतले पर्याप्त जानकारी र गम्भीर अध्ययनविना नै प्रधानमन्त्री शाहले नेपालको भूमि भारतले मिचेको विषय संसद्‌मा उठाएको आरोप लगाए। यस्तो अपरिपक्व कदमले नेपालको अन्तर्राष्ट्रिय छविमा गम्भीर र नकारात्मक असर पार्ने उनको दाबी छ। राष्ट्रियता र विकासप्रति प्रतिबद्ध रहेको दाबी गर्ने नेतृत्वले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाणका आधारमा मात्रै आफ्ना धारणा राख्नुपर्नेमा उनले जोड दिए।

नेपालले विगतमै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका आफ्ना अतिक्रमित क्षेत्रहरू समेटेर नयाँ नक्सा जारी गरी आफ्नो बलियो दाबी अन्तर्राष्ट्रिय रूपमा स्थापित गरिसकेको बस्नेतले स्मरण गराए। उनले सीमा सम्बन्धी गम्भीर विषयलाई आन्तरिक राजनीतिक विवाद वा सस्तो लोकप्रियताको माध्यम बनाउनुभन्दा कूटनीतिक संवाद र औपचारिक प्रक्रियामार्फत परिपक्व समाधान खोजिनुपर्ने धारणा राखे।

प्रधानमन्त्रीको यो हचुवा अभिव्यक्तिका कारण प्रतिपक्षी दलहरू समेत घोर असन्तुष्ट बनेको जानकारी दिँदै बस्नेतले यस विषयमा प्रधानमन्त्रीले संसद् र देशसामु स्पष्टिकरण दिनुपर्ने बताए। राष्ट्रिय कूटनीतिमा धक्का पुर्‍याउने यस्तो अभिव्यक्ति दिएबापत प्रधानमन्त्रीले आवश्यक परे माफी समेत माग्नुपर्ने माग उठ्नु पूर्ण रूपमा स्वाभाविक भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.