देउवा नेतृत्व कांग्रेस झापा–१ मा क्षेत्रदेखि नगरसम्म नेतृत्व सर्वसम्मत चयन

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ का सबै तहका समितिहरू सर्वसम्मत रूपमा गठन भएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
झापा कांग्रेस क्षेत्र नं. १ को अधिवेशन स्थल

📌 मुख्य बुँदाहरू:

  • शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ मा क्षेत्रीय, प्रदेश र नगर समितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्।
  • मेचीनगर नगरपालिका–१० स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनबाट बालजित राईको सभापतित्वमा २२ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको छ।
  • अधिवेशनमा कोशी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।

शेरबहादुर देउवा नेतृत्व नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ को क्षेत्रीय, प्रदेश ‘क’, प्रदेश ‘ख’ र मेचीनगर नगर समितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्। लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै पार्टीको आन्तरिक तहमा नेतृत्व सहमतिमै टुंग्याइएको हो।

२०८३ असोज ३१ गते मेचीनगर नगरपालिका–१० स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनबाट बालजित राईको सभापतित्वमा २२ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको छ। त्यसैगरी, सोही अधिवेशनले प्रदेश ‘क’ मा प्रदेश बहादुर कार्कीको सभापतित्वमा १५ सदस्यीय, प्रदेश ‘ख’ मा फुर्वा लामाको सभापतित्वमा १५ सदस्यीय र मेचीनगर नगर समितिमा लक्ष्मीप्रसाद काफ्लेको सभापतित्वमा १८ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ।


नेतृत्व चयन र उपस्थितिको विवरण

यस सर्वसम्मत अधिवेशनमा कोशी प्रदेश संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा झापा जिल्ला निर्वाचन परिचालन सहसंयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालीन्द्र राजवंशी र पार्टीका जिल्ला सचिव एवं अधिवेशन समिति जिल्ला संयोजक कृष्ण हुमागाईंको विशिष्ट आतिथ्यता रहेको थियो। पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सयौंको संख्यामा सहभागिता रहेको यस अधिवेशनले संगठनलाई थप सुदृढ र एकजुट बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.