१४ जेठ, धुलाबारी : एनप्याब्सन मेचीनगरद्वारा आयोजित २ दिवसीय एकिकृत पाठ्यक्रम सम्बन्धी तालिम आजबाट सुरु भएको छ । तालिमको समुद्घाटन एनप्याब्सन केन्द्रीय सदस्य एवम् इष्ट होराइजन इङ्गलिस स्कुल धुलाबारीका प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि संजिव राईले गर्नुभएको थियो।
२ दिन सम्म चल्लने तालिममा मेचीनगरका एनप्याब्सनमा आबद्ध विद्यालयहरुका ५० जना शिक्षकहरु सहभागी भएका छन् ।
तालिमको सजिकरण पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका अधिकृत सुमन सिलवाल र मधेस प्रदेश नाल्टाका उपाध्यक्ष एमव् अंग्रेजी विषयका प्रशिक्षक रिमा कर्णले गरिरहनु भएको छ ।
उद्घाटन समारोहमा एनप्याब्सन जिल्ला सदस्य एवम् अंशु एकाडेमी बाहुण्डाँगीका प्रधानाध्यापक किरण अधिकारी, एनप्याब्स जिल्ला सदस्य एवम् सुप्रभा एकाडेमीका प्रधानाध्यपक जीवन कट्टेल, एनप्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् माँ सरस्वती एजुकेसन फाउण्डेसन खुट्टेडाँगीका प्रधानाध्यापक दिपेन्द्र प्रधान, एनप्याब्सन मेचीनगर सदस्य एवम् सिताराम सामुदायिक अंग्रेजी विद्यालयका प्रधानाध्यापक राजेश निरौंला, एनप्याब्सन मेचीनगर सदस्य एवम् दन्तकाली इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, सारदा शिसु सदनका सञ्चलाक दिनेश सिंघाल लगायतको उपस्थिति रहेका थियो ।
एनप्याब्सन मेचीनगरका सचिव एवम् आदर्श विद्या मन्दिरका प्रधानाध्यापक कविन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रम एनप्याब्सन मेचीनगरका अध्यक्ष एवम् अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुलका संचालक भगिरथ राईको अध्यक्षता सम्पन्न भएको थियो ।



























