२२ जेठ, मेचीनगर । २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमण मुक्त भएका छन् भने ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये ११ हजार ४७१ पिसिआर परीक्षण भएकोमा ३ हजार ५४० पोजेटिभ र ५ हजार ३४३ एन्टीजेन परीक्षणमा १ हजार ५०२ पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर विधिबाट ५ लाख ८५ हजार १०० र एन्टीजेन परीक्षणबाट १३ हजार १०४ गरी जम्मा ५ लाख ९८ हजार २०४ जना पुगेको छ ।
योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

























