२७ जेठ, काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख १९ हजार ४०१ जना संक्रमित भएका छन भने ५ लाख १५ हजार ५९१ निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























