असार ७ गतेसम्म लम्बियो निषेधाज्ञा

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ३० जेठ : कोभिड १९ नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञ झापामा असार पहिलो साता सम्मका लागि लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार जेठ ३१ मध्यरात १२ बजेदेखि बाट असार ७ गते मध्यरात १२ बजेसम्मका लागि आदेश जारी भएको हो ।

यो पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने उल्लेख छ ।

यस अघिको निषेधाज्ञामा अत्यावश्यक सामग्रीका पसल आइतबार र बुधबार विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने उल्लेख थियो ।

नयाँ शैक्षिक सत्रलाई मध्य नजर गर्दै झापामा यो पटक पुस्तक पसलसमेत खोल्न दिने निर्णय भएको हो ।

साथै कार्यालय सञ्चालनको हकमा अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान सेवा स्थगन गर्ने उल्लेख छ ।

दोस्रो लहरको कोभिड १९ संक्रमणको दर झापा जिल्लामा घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्री परिषदको निर्णय, कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ , संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २०७८ साल जेठ २१ गते मध्यराति १२ बजेदेखि २०७८ जेठ ३१ गते मध्यराति १२ बजेसम्म झापा जिल्लाभरि लागू हुने गरी निषेधाज्ञको आदेश जारी गरिएकोमा पछिल्लो दिनहरुमा संक्रमण दर घट्दो क्रममा रहेको भएता पनि संक्रमणको जोखिम रहिरहेकाले २०७८ जेठ ३१ गते मध्यरात १२ बजेदेखि २०७८ असार ७ गते मध्यराति १२ बजेसम्मका लागि आदेश जारि गरिएको छ ।
कस्ता कस्ता व्यवसाय कसरी सञ्चाल कसरी गर्न हेरौ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाबाट जारी आदेश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.