२ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ पीसीआर परीक्षणबाट २ हजार १४ र ४ हजार ३४५ एन्टिजेन परीक्षणमा ८१४ जना गरी २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ३७ हजार ४३३ जना संक्रमित भएका छन भने ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























